समाज

‘तिरिरि मुरली बज्यो बनैमा’ गीतका गायक पन्नाकाजीको निधन

माघ १२ । ‘तिरिरि मुरली बज्यो बनैमा’ भन्ने गीत नसुन्ने कमै होलान । यो कालजयी गीत गाउने गायक पन्नाकाजी शाक्यको बुधबार निधन भएको छ । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शाक्यले ८४ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । निकै लोकप्रिय ‘तिरिरि मुरली बज्यो बनैमा’ भन्ने गीतबाट ख्याती कमाएका उनले राष्ट्रका लागि गीत संगीतको क्षेत्रमा उच्च योगदान र्पुयाएका छन् । उनको आजै टेकु दोभानमा अन्त्येष्टि गरिने छ । उनका चार छोरा र एक छोरी छन् ।

विशेष