समाज

कोटेश्वर क्याम्पसमा क्रान्तिकारीले गर्यो सरसफाइ

कोटेश्वर क्याम्पसमा क्रान्तिकारीले गर्यो सरसफाइ

माघ १२, कोटेश्वर बहुमुखी क्याम्पस र महादेवस्थान मन्दिर आसपासका क्षेत्रमा अखिल(क्रान्तिकारी)ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

अखिल(क्रान्तिकारी) कोेटेश्वर बहुमुखी क्याम्पस इकाई समितीको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।  सरसफाई अखिल(क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष रुद्र बिष्टले क्याम्पस ईकाई अध्यक्ष नवराज कार्कीलाई कुँचो दिएर उद्घाटन गरे ।

सरसफाई कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुको समेत सक्रिय सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम पछि उक्त क्षेत्रको मुहार फेरिएको छ । अखिल(क्रान्तिकारी) कोटेश्वर क्याम्पस ईकाई समितीको पहलमा यो भन्दा अघि पनि विभिन्न सिर्जनशिल कार्यक्रमहरु सम्पन्न हुँदै आएको थियो । सो कार्यक्रमहरुलाई निरन्तरता दिन सरसफाई कार्यक्रम आयोजना गरेको ईकाई उपाध्यक्ष बद्रि धितालले जानकारी दिए । ‘अझै यस्ता कार्यक्रमहरुले निरन्तरता पाउदै जान्छ ।’ धितालले बताए ।

क्याम्पस इकाई अध्यक्ष नवराज कार्कीका अनुसार अखिल(क्रान्तिकारी) को पहलमा क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीहरुले विद्यार्थी वित्तिय कोष बाट २७ लाख ३६ हजार छात्रवृत्ती प्राप्त गरेका छन् ।

अखिल(क्रान्तिकारी)ले कलेजमा हुने विभिन्न गतिविधिहरुमा आफुलाई सक्रिय रुपमा प्रस्तुत गर्दै आएको छ । कार्यक्रममा केन्द्रिय सचिवालय सचिब डिवि साउद , केन्द्रिय सदस्य चेत बोलाखे, केन्द्रिय सदस्य कुमार चौलागाईको उपस्थित रहेको थियो ।

Koteshwor Campus

विशेष