मनोरञ्जन

‘एसिड छ्याप्छु भन्दै धम्की पनि दिए’

‘एसिड छ्याप्छु भन्दै धम्की पनि दिए’

 अविवाहित केकीसँग बिहेको प्रस्ताव गर्ने फ्यान कति छन् कति । तर, केकी भने सबै फ्यानसँग रमाइलो ढंगले प्रस्तुत हुने गरेको बताउँछिन् । उनले कलाकारिता सुरु गरेको दिनदेखि अहिलेसम्म सम्झने केही फ्यानका बारेमा उल्लेख गरेकी छन् ।

उनले आफ्ना फ्यानहरु रगतले चिठी लेख्नेदेखि फेसबुकमा धम्की दिनेसम्मको भएको बताएकी छिन् । आफूलाई भेट्न सास्ती खेप्ने दार्जिलिङका फ्यान भएको बताउने केकीले एसिड छ्यापिदिन्छु भन्नेसम्म धम्र्की आएको बताएकी छिन् ।

आलु उसिनेर खुवाउनेसम्मको फ्यान भएकी बताउने केकीले भनिन, ‘गत वर्ष भूकम्पपछि सुटिङका लागि विभिन्न प्रभावित क्षेत्रमा गएकी थिएँ । जुनबेला मैले फ्यानहरुलाई भेट्ने अवसर पाएँ । ती ठाउँमा जाँदा बुढेसकाल लागेका बुवाआमाहरु पनि मेरा डाइहार्ड फ्यान हुनुहुँदो रहेछ ।’ सो भेटघाटका क्रममा मकै भटमास, उसिनेको आलुसम्म आफ्ना फ्यानहरुले खुवाएकी उनले बताइन् ।

गज्जबबाट

Keki Adhikari

विशेष