खेल

कोन्टिनो बने लिभरपुलका महंगो खेलाडी

कोन्टिनो बने लिभरपुलका महंगो खेलाडी
माघ–१२ । लिभरपुलका स्ट्राइकर फिलिप कोन्टिनोले एक हप्ताको १५० हजार पाउण्डका साथ थप पाँच वर्षको लागि अनुबन्ध पत्रमा हस्ताक्षर गरेका छन् । उक्त अनुबन्धमा हस्ताक्षर गरेसँगै उनी क्लबको महंगो खेलाडी बनेका छन् । उनले सन् २०१३ जनवरीमा ८.५ मिलियन पाउण्डमा इन्टर मिलनबाट लिभरपुलमा प्रवेश गरेका थिए । अब उनको लिभरपुलको अनुबन्ध २०२२ सम्म रहने भएको छ । लिभरपुलबाट १६३ खेल खेलेका कोन्टिनोले ३४ गोल गरेका छन् । अहिलेको सिजनमा भने चोटबाट फर्केका कोन्टिनोले १४ खेलबाट ६ गोल गरिसकेका छन् ।

फिलिप कोन्टिनो लिभरपुल

विशेष