खेल

सेरेना ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

सेरेना ओपन टेनिसको सेमिफाइनलमा प्रवेश
माघ–१२ । टेनिसको विश्व वरियतामा दोस्रो स्थानमा रहेकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । अमेरिकी सेरेनाले बुधबार भएको क्वाटरफाइनल खेलमा नवौँ वरियताकी बेलायती जोहन्ना कोन्टालाई हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन् । सेरेनाले कोन्टालाई ६–२ र ६–३ को सेटमा हराएकी हुन् । ६ पटककी विजेता विलियम्सले फाइनल प्रवेशका लागि क्रोएसिएकी मिर्जाना लुसिस–बारोनीसँग खेल्ने छिन् । वरियता विहिन मिर्जानाले पाँचौं वरियताकी कोरोलिना प्लिसकोभालाई ६–४, ३–६ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएकी हुन् ।

अस्ट्रेलियन ओपन टेनिस सेरेना विलियम्स

विशेष