मनोरञ्जन

म्युजिक फिल्म ‘ला ला ल्यान्ड’ ओस्कर अवार्डको १४ विधामा मनोनित

म्युजिक फिल्म ‘ला ला ल्यान्ड’ ओस्कर अवार्डको १४ विधामा मनोनित

विश्वको प्रतिष्ठित ओस्कार अवार्डको ८९ संस्करमा निर्देशक डेमियन चेजेल रोमान्टिक म्युजिक फिल्म ‘ला ला ल्यान्ड’ यसवर्षको ओस्कार मनोनयनमा सर्वाधिक १४ विधामा मनोनयनमा परेको छ । ‘ला ला ल्यान्ड’ बेस्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री र पिक्चरसहितका १४ विधामा मनोनयनमा परेको हो । यसअघि ‘टाइटानिक’ र ‘अल अबाउट इभ’ पनि १४ विधामा मनोननयमा परेका थिए । यसवर्षको ८९ औं एकेडेमी अवार्ड आगामी फेब्रेवरी २६ मा लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहबीच अवार्ड वितरण हुनेछ । अवार्डको आयोजना मोसन पिक्चर्स आर्टस् एन्ड साइन्सले गर्ने कार्यक्रममा २४ विधामा अवार्ड दिइनेछ । ‘अराइभल’ र ‘मुनलाईट’ ओस्कारको आठ विधामा मनोनितमा परेको छ ।  

‘ला ला ल्यान्ड’

विशेष