समाज

यात्रुबाहक बस पल्टिँदा १९ जना घाइते

यात्रुबाहक बस पल्टिँदा १९ जना घाइते
माघ–१२ । पश्चिम चितवनको पटिहानीमा बुधबार मध्यान्ह यात्रुबाहक बस पल्टिँदा १९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेकाे छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जितपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६८२३ नं को बस भरतपुर उपमहानगरपालिका– २७ जगतपुर टाउनमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस  

दुर्घटना पश्चिम चितवन यात्रुबाहक बस

विशेष