मनोरञ्जन

१०१ करोड माग गर्दै रईसविरुद्ध मुद्दा दायर, विभिन्न सहरमा प्रदर्शन

१०१ करोड माग गर्दै रईसविरुद्ध मुद्दा दायर, विभिन्न सहरमा प्रदर्शन
माघ –१२ । शाहरुख खानको फिल्म रईस बुधबार रिलीज भएको छ । यो फिल्म १९९० को दशकका अहमदाबादका डन अब्दुल लतीफको जीवनमा आधारित रहेको बताइन्छ । लतीफका छोरा मुश्ताकले पनि यही दाबी गरेका छन् । लतीफले उच्चअदालतमा १ सय १ करोड माग गर्दै फिल्म निर्माताविरुद्ध मुद्दा दायर गरेका छन् । त्यस्तै मध्य प्रदेश र छत्तीसगढका केही सहरमा रईसविरुद्ध प्रदर्शन पनि भएका छन् । साहरुखको रईस हिन्दूवादी संगठनको निशानामा परेको छ । फिल्मको प्रदर्शनलाई रोक्न माग गर्दै मध्य प्रदेशका जबलपर, उतलाम, छत्तीसगढको भिलाईमा बनरंग दल र अन्बिकापुरमा शिवसेनाले विरोध प्रदर्शन गरेका छन् ।

Raees sharukh Khan

विशेष