देश

जंगली हात्ती आएको जानकारी अब मोवाइलमा, एसएमएस आउने र साईरन पनि बज्ने

जंगली हात्ती आएको जानकारी अब मोवाइलमा, एसएमएस आउने र साईरन पनि बज्ने
माघ - १२ । जंगली हात्ती गाउँमा आएको जानकारी अब मोबाईलमा एसएमएस आउने र साईरन बजेर सूचना दिने प्रबिधी बर्दिया राष्टिय निकुञ्ज किनारको एक गाउँमा जडान गरिएको छ । जंगली हात्ती गाउँमा आएको जानकारी दिन एसएमएस आउने र साईरन बजेर सूचना दिने प्रबिधीको परीक्षण कार्य बुधवारबाट खाता जैबिकमार्ग अन्र्तगत सुर्यपटुवा १ को पथ्थरबोझी गाउँमा सुरु गरीएको हो । सबैभन्दा बढी जंगली हात्ती आएर आतंक मच्चाउने र जनधनको क्षती पुर्याउने गरेको जंगली हात्ती प्रभावित गाउँ सुर्यपटुवाको पथ्थरबोझीमा सूचना प्रबिधी परीक्षणका लागि पाईलट प्रोजेक्टका रुपमा जडान गरिएको बर्दिया राष्टिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए । 'यो प्रबिधी अर्ली अर्लामीङं सिस्टम अन्र्तगत सेन्सर जडित उपकरण हो, हात्ती आएमा करीव २०, २५ वटा मोवाईलमा संगै एसएमएस आउँछ र साईरन बज्छ त्यसपछी स्थानिय सतर्क हुन्छन्' थापाले भने । यो प्रबिधी प्रभावकारी भएमा निकुञ्जका सबै जंगली हात्ती प्रभावित क्षेत्रमा जडान गर्ने योजना रहेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत थापाले बताए । डब्लु डब्लु एफ नेपालको सहयोगमा गोकर्णजंग थापा सहितको टाेली आएर सूचना दिने प्रबिधिको परीक्षण सुरु गरेका हुन् । निकुञ्ज आसपासका गाउँमा जंगली हात्तीले विगत केही वर्ष यता आतंक मच्चाएर जनधनको क्षती गरिरहेका छन् । पासोमा परी हुँडार मृत बबई नगरपालिका १० बनबिरपुरको कैलाश सामुदायिक वनमा पासोमा परी लोपोन्मुख बिरालो प्रजाती हुँडार मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनमा पासो थापेर बिरालो प्रजाती हुँडार मार्ने ब्यक्ति भने पत्ता नलागेको ईलाका बन कार्यालय बसन्ता शाहीपुरका लल्लन राउतले जनमारी दिए ।
भावुक योगी/बर्दिया

जंगली हात्ती

विशेष