समाज

युवा परिषद्मा सबैलाई समेट्न तरुण दलको माग

युवा परिषद्मा सबैलाई समेट्न तरुण दलको माग
माघ–१२ । नेपाल तरुण दलले युवा परिषद्मा सबै दलको सहभागिता गराउन माग गर्दै युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई ज्ञापनपत्र बुझाएको छ । दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा बुधबार मन्त्रालय पुगेको टोलीले राज्य तहले केन्द्रदेखि जिल्लासम्म गठन गरेको युवा परिषद्मा सबै दलका प्रतिनिधि समेट्न माग गरेको हो । दलले ६० जिल्लामा गठन भएका जिल्ला समितिमा नेकपा (एमाले)ले आफ्ना कार्यकर्ता मात्र भर्ती गरेको भन्दै यसलाई तत्काल भङ्ग गरी सबै दललाई समेटेर अगाडि बढ्न माग गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री श्रीपाइलीले प्रस्तुत मागप्रति आफू गम्भीर रहेको भन्दै सबै दलको प्रतिनिधित्व हुने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रासस

नेपाल तरुण दल युवा परिषद्

विशेष