खेल

आयोजक सहारा क्लब आहा रारा गोल्डकपको फाइनलमा

आयोजक सहारा क्लब आहा रारा गोल्डकपको फाइनलमा
माघ–१२ । पोखरा रंगशालामा चलिरहेको १५ औँ आहा रारा गोल्डकप फुटबलको आयोजक सहारा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा सहाराले नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित राखेको हो । खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । आयोजक सहाराको लागि टाइब्रेकरमा उत्तम गुरुङ, प्रदिप गुरुङ, शिव सुवेदी र सुशन गुरुङले गोल गरेका थिए । त्यस्तै आर्मीको तर्फबाट भने जीतेन्द्र कार्की, सन्तोष तामाङ र दिप कुमार लामाले गोल गरेका थिए । बुधबारको खेलमा सहाराका गोलकिपर सुजित गुरुङ म्यान अफ द म्याच भए । बिहीबार दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी र संकटा क्लबबिच हुनेछ ।

आहा रारा गोल्डकप फाइनल सहारा क्लब

विशेष