शिक्षकले यातना दिँदा छात्रा बेहोस

माघ – १२ । जाडो विदाको गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिँदा एक छात्रा बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । पाल्पाकाे भैरवजनता माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत सुस्मिता रुचाललाई शिक्षकले यातना दिँदा (कुखुरा बनाउँदा) बेहोस भएकी हुन् ।
सोमबार दिउँसो शिक्षक चिरञ्जीवी बास्तोलाले विदामा दिएको गृहकार्य नगरेको भन्दै एक घण्टासम्म कुखुरा बनाएको पीडित विद्यार्थीले बताइन् । पाँचौ घण्टीमा सजाय दिएकै बेला बेहोस भएपछि शिक्षकहरुले नजिकको स्वास्थ्य चौकी पु¥याएका थिए।
रुचालको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। विद्यालयका प्रअ नारायण कुँवरले छात्रामा अन्य स्वास्थ्य समस्या पनि रहेको बताए । शिक्षकको कमजोरी भए छानविन गरेर कारवाही हुने उनले बताए ।
यातना