खेल

कोपा डेल रे कपको फाइनलमा साउथह्याम्टन, रियल क्वाटरफाइनलमै रोकियो

कोपा डेल रे कपको फाइनलमा साउथह्याम्टन, रियल क्वाटरफाइनलमै रोकियो

माघ १३ । रियल मड्रिड, कोपा डेल रे कप फुटवलको क्वाटरफाईनलमै आफ्नो यात्रा टुंग्याएको छ ।

दोस्रो लेगमा गएराती सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा ४–३ को पराजय ब्यहोर्दै अन्तिम ८ मै रोकिएको हो । पहिलो लेग समेत रियलले गृहमैदानमा २–१ ले गुमाएको थियो । जनवरी पहिलो साता सेभियासँग पराजित भएपछि ४० खेल लामो अपराजित यात्रा टुंग्याएको रियलले त्यसपछि लय समाउन सकेको छैन ।

सेल्टा भिगोको गृहमैदानमा गएराती भएको खेलमा रियल मड्रिडले पहिलो हाफको अन्तिम मिनेटमा आत्मघाती गोलको उपहार दिएको थियो । ४४ औं मिनेटमा ड्यानिलोले आफ्नै पोष्टमा गोल गरेपछि सेल्टा भिगोले अग्रता बनायो तर ६२ औं मिनेटमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै क्रिष्टियानो रोनाल्डोले खेल बराबरीमा ल्याए ।

८५ औं मिनेटमा डेनियल वासले गोल गरेपछि सेल्टा भिगोले पुनः अग्रता बनाएको थियो । खेलको अन्तिम समयमा लुकास भाजक्वेजले रियलका लागि बारबरी गोल गरेपछि टोलीलाई सेमिफाईनलसम्म र्पुयाउन भने सकेनन् । यस्तै गएराती नै भएको अर्को खेलको दोस्रो लेगमा आइबरले एट्लेटिको मड्रिडलाई २–२ गोलको बराबरीमा रोकेपनि समग्रमा ५–२ को जित निकाल्दै एट्लेटिकोले सेमिफाईनलमा स्थान बनाएको छ ।

लिभरपुललाई २–० ले पराजित गर्दै साउथह्याप्टन लिग कप फुटवलको फाईनलमा प्रवेश गरेको छ । पहिलो लेगमा १–० को जित निकालेको साउथह्याप्टनले गएराती दोस्रो लेगमा समेत १–० कै जित निकालेको हो ।

Copa Delre Real Madrid Shoth Hamtoon

विशेष