मनोरञ्जन

साम्राज्ञीको भाउ ५ लाख !

साम्राज्ञीको भाउ ५ लाख !

माघ १३ । चलचित्र ‘ड्रिम्स’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । भूवन केसी निर्माता रहेको सो चलचित्रमा साम्राज्ञीसंग अनमोल केसीको जाडी बाँधिएको थियो ।

यो फिल्म हिट भएपछि साम्राज्ञीको भाउ एकाएक आकासिएको बताइएको छ । हाल उनले एउटा फिल्मका लागि पाँच लाख पारिश्रमिक माग्ने गरेकी बताइन्छ । हुन त पहिलो फिल्म ‘ड्रिम्स’ मा उनले सित्तैमा खेलेको चर्चा नचलेको होइन् । तर, यो विषय साम्राज्ञी र भूवन केसीवीचमै गुपचुप छ । आगामी चैतमा साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर’ वजारमा आउँदैछ ।

यसका लागि उनले कति पारिश्रमिक पाईन भन्ने नखुले पनि उनको माग ५ रहेको थियो । हालै उनले चलचित्र ‘तिमीसंग’ का लागि ३ लाख पारिश्रमिक लिएको खबर बाहिरिएको छ । यसका लागि पनि उनले माग्न त ५ लाखै मागेकी थिइन् तर, निर्माताले ३ लाख दिने वताएपछि नाईँ नभनेको बताइन्छ । अचेल साम्राज्ञीको भाउ सुनेर निर्माता, निर्देशक ढल्ने गरेको बताइन्छ ।

Saragi Shaha

विशेष