मनोरञ्जन

निर्माता र निर्देशकको अपेक्षा पूरा गर्न नसकेपछि म निकालिएँ

निर्माता र निर्देशकको अपेक्षा पूरा गर्न नसकेपछि म निकालिएँ

माघ १३ । जया ओझाले केही नेपाली टेलिसिरियल र फिल्मका स्क्रिप्ट लेखेकी छिन, केहीमा अभिनय पनि गरेकी छन् । आफु हिरोइन बन्ने सपना लिएर केही फिल्म खेलेकी ओझाले फिल्ममा अभिनय गर्दाको तीतो अनुभव यसरी सुनाएकी छन् ।

अभिनेता खगेन्द्र लामिछानेले पहिलो पल्ट अभिनय गरेको एउटा फिल्म थियो । उनको जोडी थिएँ म तर त्यो फिल्म रिलिज नै भएन । त्यसैगरी फिल्म तिर्खाको मुख्य भूमिकामा पूजना प्रधान र म थियौं ।

फिल्मको सुटिङ पुरा भएको थियो । निर्माता निर्देशकले म बाट केही अपेक्षा गरेका थिए होलान् । ती पूरा गर्न सकिनँ त्यसैले उनिहरुले हिरोइन परिवर्तन गरे । फिल्म भाइमारामा पनि त्यस्तै नमज्जा बेहोरे ।

त्यसपछि म गलट ठाँउमा छु की जस्तो लाग्यो । हिरोइन बन्ने चक्कर नै छाडिदिए । त्यसपछि एउटा भोजपुरी फिल्म खेले तर त्यहाँको बातावरण पनि त्यस्तै नै थियो त्यस पछि पछाडी फर्केर हेरिन ।

शुक्रबारबाट

Jaya Ojha

विशेष