समाज

भूकम्पले क्षति पुर्‍याएको विद्यालय पुनर्निर्माण भएन, जिल्ला शिक्षाको बेवास्ता

भूकम्पले क्षति पुर्‍याएको विद्यालय पुनर्निर्माण भएन, जिल्ला शिक्षाको बेवास्ता

माघ १३  । कैलालीको पहाडी गाविस मोहन्यालमा रहेको विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरु चिसो चौरमा बसेर पढ्न बाध्य भएका छन्।

२०७१ चैतमै आएको हावाहुरीले आंशिक रुपमा भत्किएको मोहन्याल प्राथमिक विद्यालयको भवन २०७२ बैसाख १२ गते आएको भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त भएको प्राधानाध्यापक भुवनसिंह बोगटीले जानकारी दिए। उनका अनुसार ६ कोठाको अर्धकच्ची भवन र त्यहाँ रहेका फर्निचर लगायतका अन्य सबै सामान नष्ट हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। पुनर्निर्माणका लागि प्रहरी मुचुल्का सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र स्थानीय विकास कार्यालयमा जाँदा पनि आवश्यक पहल नभएको बोगटी बताउँछन्। विद्यालय व्यवस्थापना समितिको निर्णयबाट शिक्षा मन्त्रालयलाई आग्रह पनि गर्‍यौं,ु उनले भने, चिसो समयमा पनि विद्यार्थीहरु खुल्ला चौरमा बस्न बाध्य छन्। मोहन्याल गाविस कैलालीको दुर्गम गाविस हो। मोहन्याल गाविस-९ खलुबलुमा रहेको विद्यालय पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ। एक सय ५० विद्यार्थी अध्ययन गर्ने विद्यालयमा तीन शिक्षकको दरबन्दी छ।

School

विशेष