खेल

बोल्टको ट्रिपल–ट्रिपल कीर्तिमान कार्टरले प्रयाेग गरेको अाैषधीकाे कारण खोसियो

बोल्टको ट्रिपल–ट्रिपल कीर्तिमान कार्टरले प्रयाेग गरेको अाैषधीकाे कारण खोसियो
माघ–१३ । विश्वकै तीव्र गतिका धावक उसेन बोल्टले ओलम्पिकमा जितेका ९ स्वर्ण पदक मध्येको एक पदक खोसिने भएको छ । जमाइकन टिमका उनको साथी नेस्टा कार्टरले प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि सन् २००८ मा जमाइकाले बेइजिङ ओलम्पिकमा जितेको स्वर्ण पदक खोसिने भएको हो । कार्टर ४ गुणा १ सय मिटरमा बोल्टसँग दौडिएका चार धावक मध्येका एक हुन् । बोल्टले बेइजिङमा १ सय मिटर, २ सय मिटर र ४ गुणा १ सय मिटर दौडमा स्वर्ण जितेका थिए । कार्टर लण्डनमा पाँच वर्ष अघि भएको प्रतिस्पर्धामा विजेता हुन तथा जमाईकालाई वल्र्ड च्याम्पियनसिप २०११,२०१३ र २०१५ मा पनि सहभागी थिए । बेइजिङ ओलम्पिकको ४ गुणा १ सय मिटर दौडको पदक अब ट्रिनिडाड एण्ड टोबागोलाई प्रदान गरिने छ । जापान रजत पदकमा बढुवा भएको छ भने ब्राजिलले कास्य पदक पाएको छ । यो पदक खोसिएपछि बोल्टले ओलम्पिकका जितेका स्वर्ण पदकको संख्या ८ मात्र भएको छ ।

उसेन बोल्ट बेइजिङ ओलम्पिक स्वर्ण पदक

विशेष