खेल

सन् १८७९ पछि साउथह्यामप्टन इएफएलको फाइनलमा

सन् १८७९ पछि साउथह्यामप्टन इएफएलको फाइनलमा
माघ–१३ । इएफएल कप फुटबलको सेमिफाइनलमा लिभरपुललाई हराउँदै साउथह्यामप्टन फाइनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार राति लिभरपुलकै मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा १–० ले हराएर समग्रमा २–० को जित निकाल्दै साउथह्यामप्टन फाइनलमा प्रवेश गरेको हो । दास्रो लेगको खेलमा साउथह्यामप्टनलाई जिताउन इन्जुरी समयमा शाने लङले गोल गरेका थिए । पहिलो लेगमा पनि साउथह्यामप्टनले लिभरपुललाई १–० ले हराएको थियो । जितसँगै सन् १८७९ पछि पहिलो पटक लिग कप (इएफएल) को फाइनलमा प्रवेश गरेको हो । साउथह्यामप्टनले फाइनलमा म्यानचेस्टर युनाइटेड र हल सिटीसँगको खेलको विजयीसँग भिड्ने छ ।

इएफएल फाइनल साउथह्यामप्टन

विशेष