मनोरञ्जन

निर्देशकसामु म बाठो बन्दिन -अक्षय कुमार

निर्देशकसामु म बाठो बन्दिन -अक्षय कुमार

माघ १३ । बलिउड अभिनेता अक्षय कुमारले आफू निर्देशकका अगाडि कहिल्यै बाठो नहुने खुलासा गरेका छन् । एक्सन, कमेडि र राेमान्टिक जानराका फिल्ममा काम गरिसकेका अक्षय आफूले आफ्नो भूमिका निभाउने तयारीको निर्धारण कहिल्यै नगर्ने गरेको बताए । फिल्ममा उनलाई दिइएको भूमिकाको लागि उनलाई निर्देशककले जस्तो भन्छन् त्यस्तै गर्ने गरेको उनले बताए । कारण, वर्षभर एक निर्देशकले एउटै फिल्मको लागि तयारी गर्ने गरेको तर आफूले एक वर्षमा धेरै फिल्ममा काम गर्ने भएकाले आफू निर्देशकका अघिल्तिर कहिल्यै बाठो बन्ने नगरेको उनको भनाई छ । आफूले निर्देशकहरुसँग कहिल्यै प्रतिश्पर्दा गर्न नसक्ने हुनाले आफ्नो भूमिकाको लागि निर्देशकले जस्तो तयारी गरेका छन् त्यसमै रमाउने उनले ‘जोली एलएलबी २’ को पत्रकार सम्मेलनमा बताए । उनी अभिनित फिल्म ‘जोली एलएलबी २ फेब्रुअरी १० मा रिलिज हुँदै छ ।

विशेष