खेल

दिदी–बहिनी नौँ पटक ओपन टेनिसको फाइनलमा भिड्ने

दिदी–बहिनी नौँ पटक ओपन टेनिसको फाइनलमा भिड्ने
माघ–१३ । ग्रान्ड स्लाम ओपन टेनिसको फाइनलमा भेनस र सेरेना विलियम्स नौँ पटक भिड्दै छन् । अमेरिकन दिदी–बहिनीले मेलवर्नमा भएको सेमिफाइनल जित्दै फाइनलमा प्रवेश गरेका हुन् । १३ औँ वरियताकी भेनसले पहिलो सेमिफाइनलमा वान्डेवेघेलाई ६–७, ६–२ र ६–३ को सेटमा हराएकी हुन् । उनी सन् २००९ पछि पहिलो पटक फाइनलमा प्रवेश गरेकी हुन् । त्यस्तै दोस्रो विश्व वरियताकी सेरेनाले मिर्जाना बारोनीलाई ६–२, ६–१ ले हराएकी थिइन् । सेरेनाले ओपन ऐरा रेकर्ड २३ औँ ग्रान्ड स्लाम सिंगल जित्ने प्रयास गर्ने छिन् । उनको लागि यो सातौँ अस्ट्रेलियन ओपन विजेता पनि हुनेछ । यस्तै दिदी भेनस भने आठौँ उपाधि जित्न सेरेनासँग फाइनलमा उत्रिने छिन् । उक्त ग्रान्ड स्लाम फाइनल खेल शनिबार हुनेछ । १४ वर्षअघि भेनसले अस्ट्रेलियन ओपनको फाइनलमा बहिनी सेरेनालाई हराएकी थिइन् ।

ओपन टेनिस फाइनल भेनस र सेरेना विलियम्स

विशेष