खेल

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु
माघ–१३ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति बनाई युवा तथा खेलकुद मन्त्रालयले दक्षिण एसियाली खेलकुदको तयारी सुरु गरेको हो । व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको विहीबारको बैठकमा बोल्दै मन्त्री श्रीपाईलीले खेलकुद प्रतियोगिताको संचालन तथा व्यवस्थापनका लागि सचिवालयका स्थापना गरिएको जानकारी दिए । उनले मन्त्रालयले बजेटको अभावमा खुलेर कुनै पनि कार्यक्रम गर्न कठिनाइ भइरहेको गुनासो समेत गरे । मन्त्रालयले संघीय संरचना अनुसार नै खेलकुदको विकासलाई अघि बढाउनुपर्ने बैठकमा उपस्थित समितिका सदस्यहरुले बताएका थिए । मुलुक संघीय संरचनामा गइसकेकाले खेलकुदको विकासमा ध्यान दिन मन्त्रालयको ध्यानाकर्षण गराएसँगै उनीहरुले खेलकुदको विकासका लागि छुट्टै एकेडेमी सञ्चालन गर्नुपर्ने बताए । मन्त्रालयका सम्पूर्ण काम कार्वाहीबारे जानकारी दिन समितिको बैठकमा उपस्थिति मन्त्री श्रीपाईलीले बजेटकै अभावका बीच सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु परेको बताएका थिए ।

दक्षिण एसियाली खेलकुद

विशेष