मनोरञ्जन

बुढ्यौलीमा पनि सक्रिय जीवन बिताइरहेका आमिताभको खानपिन कस्ताे हाेला ?

बुढ्यौलीमा पनि सक्रिय जीवन बिताइरहेका आमिताभको खानपिन कस्ताे हाेला ?

बुढ्यौलीले छोए पनि बलिउड अभिनेता अमिताभ बच्चनको सक्रियता जवान हुदाँको जस्तै छ । खानपानमा अपनाएको अनुशासनले गर्दा स्वास्थ्य मेन्टेन भएको र यसले गर्दा आफू सक्रिय रहन सफल भएको उनको भनाइ छ । आफ्नो खानपान बानीबारे अमिताभ यसो भन्छन् ।
पेय अहिले म चिया, कफी कही पनि खादिनँ । उमेरमा चाहिँ रक्सी पनि खान्थेँ । रक्सी खान छोडेको ३५ वर्ष भयो । दुई वर्षअघि चिया र कफी पनि छोडिदिएँ । अहिले म बोतलबन्द कुनै पनि पेय म खादिनँ । पेयको तलतल लाग्यो भने तातो पानीमा कागती पिउने गर्छु । खाना खानाको त म पारखी नै हुँ । कुनै बेला जेरी अथवा खीर भनेपछि हुरुक्कै हन्थेँ । तर, अहिले चाहिँ जथाभावी खादिनँ । केही वर्षयता चकलेट, पेस्ट्री, लड्डु–पेडाजस्ता मिठाइ खान पनि बन्द गरिसकेँ । पहिले पान खान्थेँ, अहिले त्यो पनि खादिनँ । अहिले म भात पनि खादिनँ । भातको सटा रोटी खाने गर्छु ।
मांहासाहारी भोजन अचेल मासु पनि खान्नँ । धर्म अथवा स्वास्थसम्बन्धी कारणले माछामासु खान छोडेको होइन । खान मन नलागेर छोडेको हुँ ।
अम्मल कुनै बेला म रक्सी र चुरोट खान्थेँ । पार्टीतिर रक्सी र चुरोट नलिँदा आउटसाइडर भइएला भन्ने डर लाग्थ्यो । एक दिन मैले एउटा हातमा रक्सी र अर्को हातमा चुरोट लिएको बेला एक जना नजिकको मित्रले भने ‘तपाईं कहिल्यै चुरोट र रक्सी छोड्न नसक्ने हुनुभयो ।’ त्यसपछि मैले चुरोट र रक्सी खान छोडेँ । एजेन्सी

Aamitab Bachachan

विशेष