समाज

‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन माग

‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन माग
माघ–१३ । राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ) को जन्मोत्सव बारह रवि उल्अबलका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । आयोगमा बसेको बैठकले उक्त ‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको आयोगका सदस्यसचिव मोहम्मद खादि इकवाल इराकीले बताए । सरकारले मुस्लिम समुदायले मनाउने पर्वहरु इद र बकर इदमा सार्वजनिक बिदा दिने गरेको छ । नेपाली मुस्लिम समुदायमा हौसला बढाउन र पैगम्बर हजरत मोहम्मदप्रति सम्मान व्यक्त गर्नका लागि आयोगको बैठकले सो दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सार्वजनिक बिदा पुनरावलोकन समितिको सचिवालय) मार्फत सरकारलाई आग्रह गरेको हो । रासस  

राष्ट्रिय मुस्लिम आयोग सार्वजनिक बिदा

विशेष