तेरिया भन्छिन्, ‘मलाई मन पर्ने कलाकार अनमोल केसी हुन्’
माघ १४ । झलक दिलखा जाको उपाधि जितेपश्चात तेरिया मगरले अब डान्ससँगै एक्टिङमा पनि क्यारियर बनाने योजना रहेको खुलासा गरेकी छिन् । डिआइडी उपाधि जितेपछि जिटीभीसँगको तीनवर्षे अनुबन्धका कारण तेरिया मुम्बईमै रहेर अध्ययन तथा क्यारियरलाई अघि बढाइरहेकी छिन् । तेरियासँग कान्तिपुर साप्ताहिकका पत्रकार टोपराज शर्माले गरेको टेलिफोन वार्ताको संक्षिप्त अंशः
तपाईलाई मन पर्ने कुरा के के हुन् ? – फर्सदमा सोसल मिडियामा भुल्न रुचाउँछु । त्यहाँ प्रशंसकहरुका म्यासको रिप्लाई गर्छु । मलाई खानामा दाल भात तरकारी, पिज्जा बर्गर चकलेट मन पर्छ । पहिरनमा प्रिन्सेस गाउन, वान पिस, अम्रेला, सुट, जिन्स पाइन्ट मन पर्छन् । ठाउँमा मलाई पूर्वी नेपालको इलाम सबैभन्दा बढी मन पर्छ । यद्यपि अहिलेसम्म म इलाम पुगेकी छैन तर इलाम घुम्ने रहर भने छ । मलाई अहिलेसम्म हेरेको फिल्म मध्ये सबैभन्दा मन परेको फिल्म दंगल हो । कलाकारहरुमा नेपालका प्रियंका कार्की, अनमोल केसी, आर्यन सिग्देल, तथा भारतका आमिर खान, सलमान खान, रणवीर कपुर, दिपीका पादुकोण आदि मन पर्छन् । –साप्ताहिकबाट