खेल

म्यान्चेस्टर युनाइटेड फाइनलमा प्रवेश

म्यान्चेस्टर युनाइटेड फाइनलमा प्रवेश

माघ १४ । हल सिटीलाई पाखा लगाउँदै म्यानचेस्टर युनाईटेड इङ्लिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा हल सिटी २–१ ले विजयी भयो । तर, पहिलो लेगमा २–० ले विजयी भएको म्यानचेस्टर युनाईटेड समग्रमा ३–२ को जित निकाल्दै फाइनलमा पुगेको हो ।

गएरातिको खेलमा हल सिटीका लागि टम हडलस्टन र नियासेले एक–एक गोल गरे । म्यानचेस्टर युनाईटेडका पउल पोग्बाले एक गोल फर्काएका थिए ।

म्यानचेस्टर युनाईटेडले अब उपाधिका लागि साउथह्याम्पटनसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा लिभरपुललाई स्तब्ध बनाउँदै साउथह्याम्पटनले फाइनलमा ठाउँ बनाएको थियो

Manchester United

विशेष