समाज

प्युठानमा जेसिबी पल्टियो ३ जनाको मृत्यु ६ घाइते

प्युठानमा जेसिबी पल्टियो ३ जनाको मृत्यु ६ घाइते
माघ १४ । प्युठानको दाङबाङ–३ कोलेबोटमा बिहिबार बेलुकी जेसिबी दुर्घटना हुँदा सडकछेउमा बसीरहेका ३ जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जे.सि.बी.का परिचालक स्थानिय १८ बर्षिय दिपक गाहा,२३ बर्षिय शेष कान्त आचार्य र १३ बर्षिय ज्ञानेन्द्र बहादुर गाहा रहेका छन् । दुर्घटनामा उनीहरुको घट्नास्थलमै मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका ६ जनालाई भने उपचारको लागि बुटवल तर्फ ल्याइएको छ । ना १ ख ३३१९ नम्बरको जे.सि.बी. हिजो बेलुकी ७ बजे अनियन्त्रित हुँदा सडकछेउमा रहेका उनीहरुमाथी पल्टिएको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

Accident

विशेष