खेल

कोपा डेल रे कपको सेमिफाईनलमा बार्सिलोना

कोपा डेल रे कपको सेमिफाईनलमा बार्सिलोना

माघ १४ । बार्सिलोना कोपा डेल रे कप फुटबलको सेमिफाईनल प्रवेश गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा गएराती भएको दोश्रो लिगमा रियल सोसिडाडलाई ५–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले समग्रमा ६–२ को जित निकाल्यो । गृहमैदानमा बार्साका स्टार खेलाडिहरु पुनः एक पटक हावी भए ।

खेलमा अधिकांश समय सोसिडाडले आफ्नो नियन्त्रण कायम राखेपनि गोलको वर्षा भने बार्साले र्गयो । डेनिस सुवारेजको गोलबाट अग्रता लिएको बार्साका लागि पाँचौ गोल पनि उनैले गरे । १७ औं मिनेटमा पहिलो गोल गरेको बार्साले दोश्रो गोल गर्न भने दोश्रो हाफ सम्म कुर्नुर्पयो ।

५५ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दे लियोनल मेसीले गोल गरेपछि बार्साले अग्रता दोब्बर बनायो । ६२ औँ मिनेटमा रियल सोसिडाडका लागी जुवान्मीले गोल गरे पनि लगत्तै लुईस सुवारेजले गोल फर्काएका थिए । ७३ औँ मिनेटमा डिसिल्भाले लागी गोल गर्दै सोसिडाडको आशा जगाएपनि त्यसपछि बार्साले दुई गोल थपेको थियो । आर्डा तुरान र डेनिस सुवारेजले ८० र ८२ औं मिनेटमा गोल गरे ।

barsa

विशेष