समाज

सडकमा ज्यान गुमाउनेकोको आत्माशान्तिका लागि लघु पुराण

सडकमा ज्यान गुमाउनेकोको आत्माशान्तिका लागि लघु पुराण

माघ १४ । सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरणका लागि श्रीमद् भागवत पुराणको आयोजना गर्न लागिएको छ । दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसामा पर्ने भोटेपुल आसपास सडक किनारमा पुराण लगाइने भएको छ । माघ १६ गते आइतबार एकदिने पुराण हुनेछ ।

नमुना भजनकीर्तन समूह इनरुवा–३, सुनसरीको आयोजनामा पुराण सुनाइँदैछ । सडकमै आयोजना हुने पुराणमा वेद र रुद्री पाठका साथै लाखबत्ती प्रज्वलन गरिने संस्थाकी अध्यक्ष तारा सुवेदीले जानकारी दिइन् ।

‘सडक दुर्घटनामा ज्यान गुमाउनेको आत्माशान्ति, पितृ उद्धार र सवारी दुर्घटना न्यूनीकरणको सचेतना’ स्थानीय मनोज निरौलाले भने, ‘हाम्रो उद्धेश्य यिनै तिनवटा हुन ्।

Puran

विशेष