मनोरञ्जन

पाकिस्तानले ‘काबिल’ लाई रोक नलगाउने

पाकिस्तानले ‘काबिल’ लाई रोक नलगाउने

माघ १४ । बलिउड अभिनेता ऋतिक रोसन अभिनित फिल्म ‘काबिल’ पाकिस्तानमा पनि प्रदर्शन हुने भएको छ । उरी हमला पछि भारतमा भएका कलाकारलाई तत्काल देशबाट निक्लिने धम्की दिइएको थियो । यसका साथै दुई देशबीचको शितयुद्धका कारण भारतीय सिनेमा पाकिस्तानमा बन्देज गरियो ।

फिल्म काबिल यही हप्ता पाकिस्तानमा प्रदर्शन हुने भएको छ । उक्त फिल्मले पासिकस्तानबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ पाइसकेको छ । अर्थात, यस फिल्म रिलिज हुनबाट अब पाकिस्तानले बन्देज गर्ने छैन ।

त्यस्तैगरि काबिलसँगै रिलिजि भएको अर्को फिल्म ‘रइस’ भने पाकिस्तानमा रिलिज हुने नहुनेबारे अझै प्रमाणित हुन बाँकी भएको भारतीय मिडियाले जनाएको छ ।

रिपोर्टअनुसार पाकिस्तानमा बलिउड चलचित्र प्रदर्शन गर्न रोक गरेदेखि पाकिस्तानका सिनेकर्मीहरुलाई घाटा भएको जनाएको छ । फिल्म काबिलले प्रदर्शन भएको दुई दिनमा २९.१० करोड कमाएको भारतीय मिडियाले जनाएको छ ।

Kabil

विशेष