खेल

मनाङ पाँचौ पटक उपाधि जित्ने लक्ष्यका साथ अाहा राराकाे फाइनलमा

मनाङ पाँचौ पटक उपाधि जित्ने लक्ष्यका साथ अाहा राराकाे फाइनलमा
माघ–१४ । पोखरा रंगशालामा सहारा क्लबको आयोजनामा चलिरहेको १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा मनाङ मस्र्याङदी पुग्न सफल भएको छ । चारपटकको उपाधि विजेता मनाङले बिहीबारको खेलमा संकटा क्लबलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । मनाङलाई फाइनलमा पुर्याउन ओलावालेले ८५ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । मनाङले उपाधिका लागि शनिबार आयोजक सहारा क्लबसँग खेल्ने छ । प्रतियोगिताको विजेताले ५ लाख १ हजार १ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो कम्पनीको स्कुटर प्रदान गरिनेछ र उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आहा रारा गोल्डकप मनाङ मस्र्याङदी सहारा क्लब

विशेष