खेल

अस्ट्रेलियन क्लबका खेलाडीले बनाए ६ बलमा ६ विकेटको नयाँ विश्व कीर्तिमान

अस्ट्रेलियन क्लबका खेलाडीले बनाए ६ बलमा ६ विकेटको नयाँ विश्व कीर्तिमान
माघ–१४ । अस्ट्रेलियन क्लबका खेलाडी एलीड कार्एले आफ्नो क्लब गोल्डेन पोइन्टबाट ६ बलमा ६ विकेट लिएर नयाँ कीर्तिमान रचेका छन् । एलीडले पहिलो ८ ओभरमा बलरेट क्रिकेट टिम विरुद्ध विकेट लिन सकेका थिएनन् तर उनले ९ औँ ओभरको पहिलो ३ बलमा तिन विकेट लिदैँ आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यसलगत्तै आफ्नोे टिमका साथिहरुसँग खुसी मनाएर फेरी पछिल्लो ३ बलमा ३ विकेट लिँदै बरलेट क्रिकेट टिमलाइ ४० रनमै समेटेर अलआउट गरे । एलेड केही वर्ष अघिबाटै गोल्डेन पोइन्टबाट खेल्दैँ आएका छन् । एलीडले भने उनको क्लब र परिवरले खुसी मनाही रहेको छ । यस नयाँ विश्व कीर्तिमानले गर्दा अस्टेलीयामा जताततै चर्चा चलिरहेको उनले बताएका छन् ।

अस्ट्रेलियन क्रिकेट विश्व कीर्तिमान

विशेष