देश

छुट्टा-छुट्टै दुर्घटनामा ३ को मृत्यु, १७ घाइते

छुट्टा-छुट्टै दुर्घटनामा ३ को मृत्यु, १७ घाइते
माघ - १४ । नवलपरासीमा शुक्रबार भएको दुई छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दुम्किबास र अरुणखोलाबीच जंगलमा पूर्व बाट पश्चिम तर्फ गुडिरहेको लु १ज २६७५ न.को उईङगर र विपरित दिशा तर्फ गुडिरहेको लु २० प ६३६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई जनाको घटना स्थलमै मृत्यु भएको हाे । दुर्घटनामा मृत्यु भएका दुबै मोटरसाइकलमा सवार हुन् । उनीहरुको नाम ठेगाना खुल्न नकेकाे इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी नायव निरिक्षक लिलाबहादुर कार्कीले जानकारी दिए । त्यस्तै नवलपरासीको त्रिवेणी धामका लागि कपिलबस्तुबाट तिर्थालु बोकेर आएको जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन । घाईते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार लु १ ज १०८ नम्बरको जिप आफै अनियन्त्रित भई नवलपरासीको रामग्राम ३ स्थिति रामखण्डपुलमा ठक्कर खादा जिप चालक कपिलबस्तु शिवनगर ९ अजिगरा बस्ने वर्ष २७का राकेश कुमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका सत्यनारायण कहार,झीगुर रैदार,ज्ञानमती रैदास र बुदु रैदास रहेको र उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

road accident

विशेष