मिराको यात्राः अयोग्य लडाकूदेखि ‘साहसी वर्ष व्यक्ति’सम्म
भनिन्छ नि ‘हार नखाने व्यक्तिलाई अवसर अवश्य मिल्छ ।’ त्यसैको उदाहरण बनेकी छिन् नेपाली अल्ट्रा धाविका मिरा राई । उनले नेशनल जियोग्राफिकले प्रत्येक वर्ष आयोजना गर्दै अाएकाे ‘एड्भेन्चर अफ दी इअर–२०१७’कोे उपादी जितेर मेहनत र लगनको प्रर्दशन गरेकी हुन् । यो वर्ष राईसँगै विभिन्न देशका ९ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । राई अनलाइन भोटिङसमेतका आधारमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । नेशनल जियोग्राफिकले विश्वबाट साहसी व्यक्ति पहिचान गरी त्यसमध्ये एकलाई उपाधि प्रदान गर्ने गरेको यो १२औँ संस्करण रहेको हो । राईको ‘एड्भेन्चर अफ दी इअर–२०१७’सम्म यात्रा भने त्यति सजिलो भने थिएन । भोजपुरमा जन्मिएकी २९ वर्षीया पूर्व–लडाकू पनि हुन् । उनी सानै उमेरमा विद्यालय जान नेकपा माओवादीको आन्दोलनमा लागेकी थिइन् । आफ्नो जीवनलाई नयाँ मोड दिने सपना बोकेर माओवादी विद्रोहमा सामेल भएकी राई माओवादी शान्ति प्रक्रियामा आएपछि अयोग्य लडाकू घोषित भइन् । तर, माओवादी लडाकू बन्दा गरेको अभ्यासले उनलाई धेरै ठूलो सहयोग गर्यो । त्यसै सयममा उनीले दौड र कराँतेमा आफूलाई पोख्त पनि बनाइसकेकी थिइन् तर नेपाली समाजमा महिलाहरुको लागि व्यवसायिक रुपमा खेल प्रतियोगिताहरु नहुनेहुँदा उनको त्यो प्रतिभामा पनि संकटमा परेको थियो । माओवादीको अयोग्य लडाकू बनेर बाहिरिएपछि पनि उनले आफ्नो अभ्यासलाई भने जारी राखिन् । दुई वर्षअघि काठमाडौँमा दौडिरहेकी मीरालाई दुई पुरुष ट्रेल र रनरले देखेपछि काठमाडौँ वेष्ट भ्याली रिम ५० किलोमिटरमा दौडिन बोलाए । उनले पाएको त्यो अवसर नै पहिलो ट्रेल रनरले दिलाएका थियो जसबाट उनको जीवनले नयाँ मोड लियो । उक्त प्रतिस्पर्धामा मीरा एकमात्र महिला खेलाडी थिइन् जसले कुनै ट्रेनिङ बिनानै सबै पुरुष प्रतिस्पर्धीसमेतलाई हराएकी थिइन् । उनको त्यो सफलताले अन्तराष्ट्रिय ट्रेल रनिङ प्रतियोगितामा सहभागी हुन सहयोग गर्यो । त्यसपश्चात उनले सन् २०१४ मा इटली र नर्वेमा भएको अल्ट्रा म्याराथनको उपाधिसमेत हात पारिन् । उनले सन् २०१५ मा फ्रान्समा भएको मोन्ट ब्लान्क अल्ट्रा म्याराथनको उपाधि पनि जितिसकेकी छिन् । मीराले हङकङमा सम्पन्न स्काई रनिङ एसियन च्याम्पियनसिपमा समेत उपाधि जितेकी थिइन् । साहसी वर्ष व्यक्ति २०१७ को विजेता भएसँगै मीराले भनेकी छिन्, ‘धेरै मानिसले मलाई विश्वास गरे र मौका पाए, म पनि त्यो विश्वास दिन चाहन्छु जसबाट अरुले पनि मौका पाउनेछन् ।’ मीराले २०१६ मा पुन आफ्नो दौड सुरु गर्न चाहन्थे तर उनको स्वास्थ्यले साथ नदिने भएपछि उनी अन्य महिलालाई पनि प्रोत्साहन गर्ने निर्णय गरेकी छिन् । यसैबाट उनले भोजपुरको आफ्नो गाउँमा पहिलो दौड प्रतियोगिता आयोजना गरिन् । उनीले जुत्ता नभएका बालबालिकाको लागि ९० जोड जुत्तापनि किनिदिइन् र त्यो समुदायको लागि दौड क्षेत्रको विकासको लागि सहयोगीबाट आर्थिक सहयोग पनि पाइन् । mira rai