समाज

यी हुन मुन्ना कंडेल अर्थात नेपालका पूर्वगृहराज्य मन्त्री ! प्रचण्ड र बाबुरामको टाउकाको मूल्य तोक्नेदेखि भारतको कलेजमा अध्यक्षसम्म

यी हुन मुन्ना कंडेल अर्थात नेपालका पूर्वगृहराज्य मन्त्री ! प्रचण्ड र बाबुरामको टाउकाको मूल्य तोक्नेदेखि भारतको कलेजमा अध्यक्षसम्म

नेपालका पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कंडेलको तस्बिर अंकित भारतीय पोष्टर चर्चामा छ । भारतको उत्तरप्रदेशको महाराजगञ्ज जिल्लामा पर्ने ठूटीबारीस्थित एक कलेजको कार्यबहाक अध्यक्षको रुपमा उनले भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । हिन्दीमा लेखिएको पोष्टरमा देवेन्द्रराज कंडेलको नाम कोष्ठभित्र मुन्ना कंडेल लेखिएको छ । अर्थात पूर्वगृहमन्त्री कंडेल मुन्नाको रुपमा भारतीय भूमीमा चर्चित छन् ।
कुरा के हो ? ठूटीबारीमा रहेको राधाकुमारी इन्टर कलेज देबेन्द्रकी फुपुले खोलेको हो । फुपुको प्रशस्त जमिन्दारी छ ठुटीबारीमा । फुपुको निधन भएपछि देबेन्द्रले सो कलेजको रेखदेख गर्दै आएका छन् । देवेन्द्रको ठुटीबारीमा राम्रै प्रभाव छ । नेपालमा देबेन्द्र दाइले चिनिने उनी भारतीय क्षेत्रमा मुन्ना दादाका रुपमा चिनिन्छन् । देवेन्द्रराज कंडेलको नेपाल र भारतमा जमिन्दारी छ । नेपालको केन्द्रीय सत्तासम्म पुगिसकेका कंडेल भारतीय सीमावर्ती क्षेत्रमा राम्रै पकड राख्दछन् । नवलपरासी क्षेत्र नम्बर ४ बाट संविधानसभा निर्वाचनमा पराजित भएका कंडेल ०५८ सालमा गृहराज्यमन्त्री थिए । उनैले पत्रकार सम्मेलन गरी प्रचण्ड, बाबुराम भट्टराई, मोहन बैद्य, रामबहादुर थापालगायतका नेताहरुको टाउकाको मूल्य तोकेका थिए । बोरामा टाउको हालेर ल्याउने र भरेर पैसा लिएर जाने भनि उनले दिएको अभिव्यक्ति चर्चित बनेको थियो । पछि माओवादीले उनीमाथि गोलीसमेत प्रहार गरेका थिए ।  

Debendraraj-Kandel Munna Kadel

विशेष