समाज

गिनिज बुकमा १४ वटा रेकर्ड राख्ने थानेश्वर गुरागाईका रेकर्डहरु यस्ता छन्

गिनिज बुकमा १४ वटा रेकर्ड राख्ने थानेश्वर गुरागाईका रेकर्डहरु यस्ता छन्
माघ १५ । सुनसरी खनारका २६ वर्षीय थानेश्वर गुरागाईले १४ विधामा विश्व कीर्तिमान कायम गरेका छन् । उनका सबै कीर्तिमान खेलकुदसँग सम्बन्धित छन् । १. एक मिनेतमा सबैभन्दा धेरै ४४४ पटक बास्केटबल बाउन्स गराउने । २. टेनिस र्‍याकेटको जाली झिकेको प्वालबाट एक मिनेटमा ३८ पटक जिउ छिराउने । ३. टेनिस र्‍याकेटको प्वालबाट ती मिनेटमा ९६ पटक जिउ छिराउने । ४. टेसिन र्‍याकेटको प्वालबाट ३० सेकेण्डमा २२ पटक जिउ छिराउने । ५. टेनिस र्‍याकेटबाट ४.९१ सेकेन्डमा तीन पटक छिरेर निस्किने । ६. एउटा हातले अर्को हातलाई बास्केटबल पास गरी ३० सेकेन्डमा ५६ पटक वृत्त बनाउने । ७. बास्केटबललाई खुट्टाको बुढी औलामा २० सेकेन्डसम्म घुमाउने । ८. बास्केटबललाई टाउकोमा राखेर २३ सेकेन्डसम्म घुमाउने । ९. बास्केटबललाई मुखमा राखेको टुथब्रसमा ४० सकेन्डसम्म घुमाउने । १०. एउटा बास्केटबल मुखमा राखेको टुथब्रसमा र सँगै दुईवटा बास्केटबल दुईवटा बास्केटबल सँगै १२ सेकेन्डसम्म घुमाउने । ११. बास्केटबललाई कुहिनोमा ६ दशमवल ६२ सेकेन्डसम्म घुमाउने । १२. बास्केटबललाई सात सेकेन्डसम्म नाकमा घुमाउने । १३.गिनिज बुकलाई नै औलामा आधा घण्टासम्म घुमाउने । १४ . दुईवटा बास्केटबल दुईवटा हाटमा र एउटा खुट्टाको बुढी औलामा १० सेकेन्डसम्म घुमाउने । –नयाँ पत्रिकाबाट

विशेष