मनोरञ्जन

जन्मदिनमा शुभकामना नदिँदा निश्चलसँग यसरी बदला लिइन् स्वस्तीमाले

जन्मदिनमा शुभकामना नदिँदा निश्चलसँग यसरी बदला लिइन् स्वस्तीमाले
माघ १५ । निर्देशक निश्चल बस्नेतले पत्नी नायिका स्वस्तीमा खड्काको जन्मदिन बिर्सदा ठूलै गाली खानुपरेको एक अन्तर्वातामा बताएका छन् । त्यसको बदला स्वस्तीमाले निश्चलको जन्मदिनमा लिइन् । केही समयअघि नायिका स्वस्तीमा खड्काको जन्मदिन थियो । स्वस्तीमा र उनका पति निर्देशक निश्चल बस्नेतले वर्षको तीन पटक जन्मदिन मनाउने गरेको निश्चलले एक अन्तवार्तामा खुलाशा गरेको छन् । जन्म तीथी, अंग्रेजी मिती र नेपाली मिती गरेर तीन पटक जन्मदिन मनाउने हुनाले निश्चलले कुन चाहीँ मनाउछौँ भनेर सोध्दा स्वस्तीमाले आफैँ थाहा पाउन भनेकी थिइन् । कुन जन्मदिन मनाउने भन्नेबारे पत्तो नपाएका निश्चलले जन्मदिन भुलेछन् र भोलीपल्ट शुभकामना दिए छन्। https://www.instagram.com/p/BPVfa7Bl2vt/?taken-by=nisbas81
यसकै बदला कुरेर बसेकी स्वस्तीमाले निश्चललाई उनको जन्मदिनमा रमाइलो सर्पराइज दिइन् । निश्चलले आफ्नो जन्मदिनमा स्वस्तीमाले लिएको बदलाको फोटो ‘बदला होस् त यस्तो’ भनेर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । बदलामा स्वस्तीमाले राती बाह्र बजे निश्चललाई सर्पराइज केक दिएकी थिइन् । केकमा ‘हामी चाही भुल्दैनौ ल पाशा’ भनेर लेखिएको छ ।

nischal basnet Swostika Khadka

विशेष