देश

सेतीनदी किनारमा जिप खस्दा १ को मृत्यु, ५ घाइते

सेतीनदी किनारमा जिप खस्दा १ को मृत्यु, ५ घाइते
माघ - १५ । जयपृथ्वी नगरपालिका–६ कपडेनजिक शनिबार भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा रिलु गाविस–८ का ४६ वर्षीय लालसिंह बोहरा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चैनपुरबाट रुपातोला जान लागेको से१ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेतीनदीको किनारमा खसेको थियो । सो दुर्घटनामा मेलबिसौना गाविस–५ का ३३ वर्षीय ललित सिंह, रिलु गाविस–४ का ११ वर्षीय देव बोहरा र १४ वर्षीया सुशीला बोहरा तथा रिलु गाविस–१ का १५ वर्षीया शिल्पा बोहरा घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।जिप चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

road accident

विशेष