मनोरञ्जन

निर्देशक भन्सालीमाथि सुटिङस्थलमै आक्रमण, पद्मावतीको सुटिङ रोकियो

निर्देशक भन्सालीमाथि सुटिङस्थलमै आक्रमण, पद्मावतीको सुटिङ रोकियो

माघ १५ । बलिउड निर्देशक सञ्जय लिला भन्सालीको निर्देशनमा बन्न लागेको फिल्म ‘पद्मावती’ को सुटिङ स्पटमा नै भन्सालीमाथि आक्रमण भएको छ । फिल्मका निर्देशक भन्सालीलाई राजपूत संस्थाका केही कार्यकर्ताले आक्रमण गरेको भारतीय मिडियाले जनाएको छ । फिल्मको सुटिङ चलिरहेको समयमा शुक्रबार राजपूतका कार्यकारीहरुले भन्साली र क्रू मेम्बर माथि आक्रमण गरेका थिए । कार्यकर्ताहरुले भन्सालीलाई तुरुन्तै सुटिङ रोक्नका लागि दवाव दिन क्यामेरा लगायतका अन्य धेरै सामानहरु फुटाइदिएका छन् । एक विरोधकारीले भन्सालीलाई फिल्ममा एतिहासीक तथ्यलाई बिगारेको आरोप लगाएका छन् । फिल्म पद्मावती अलाउदीन खिल्जी नाम गरेका कुनै समयका दिल्लीका शासकको कथा हो जो राजपूतकी रानी पद्मावतीसँग प्रेममा पर्छन् । फिल्ममा अभिनेता रणभीर सिंह, अभिनेत्री दिपिका पादुकोण र अभिनेता साहिद कपूरको मुख्य भूमिका रहेको छ । भन्सालीको सन् २०१५ मा रिलिज भएको फिल्म बाजिरावो मस्तानीमा पनि इतिहासलाई बंग्याएर बनाएको भनेर केही समूहका व्यक्तिहरुले आरोप लगाएका थिए । शुक्रबार भन्सालीमाथि विरोध हुँदा त्यँहा ठूलै उपद्रो मच्चिएकाले पुलिसलाई नियन्त्रण गर्न पनि कष्ट भएको भारतीय मिडियाले जनाएको छ । कार्यकर्ताहरुले भन्सालीले आफूहरुदलाई फिल्मको स्क्रीप्ट पढ्न दिएमात्र सुटिङ गर्न दिने बताएका छन् । — एजेन्सी

Sanjya Lila Vansali

विशेष