देश स्वास्थ्य

बिरामीलाई म्याद गुर्जेको औषधि दियो जाजरकोट जिल्ला अस्पतालले

बिरामीलाई म्याद गुर्जेको औषधि दियो जाजरकोट जिल्ला अस्पतालले
माघ - १५ । जाजरकोट जिल्ला अस्पतालले विरामीलाई म्याद गुर्जेको औषधि दिने गरेको पाइएको छ । महिला तथा बालबालिकाहरु उपचारका लागि जिल्ला अस्पतालमा पुगेका बिरामीलाई म्याद गुर्जेको अाैषधी दिएर घर फिर्ता गर्ने गरेको पाइएको हो । [caption id="attachment_53164" align="alignnone" width="454"] म्याद सकिएको औषधि[/caption]
भेरीमालिका नगरपालीका वडा नं–३ स्याला निबासी प्रचण्ड जंग शाहका दुई बर्षीया छोरा सुशान्त शाहलाई जिल्ला अस्पतालले म्याद गुर्जेको औषधी दिएको फेला परेको छ । रुघा, खोकी र ज्वरोवाट बिरामी परेका सुशान्त शाहको उपचारका लागि यहि माघ १० गते जिल्ला अस्पतालमा पुर्याएको बुवा शाहले जानकारी दिए । शाहको स्वास्थ्य जाँच गरेका डाक्टरले बिरामी पुर्जामा चार वटा औषधिको नाम लेखि दिएको शाहले जानकारी दिए । पर्चामा लेखिएका चार वटा औषधिहरु मध्ये दुई वटा औषधि जिल्ला अस्पतालवाटै निःशुल्क पाइने र दुई वटा औषधि बाहिरकाे मेडिकलवाट किन्नु पर्ने औषधिका नाम रहेका थिए । निःशुल्क पाइने दुई वटा औषधि मध्ये साल–२ स्रिव नामको म्याद गुर्जेको औषधी जिल्ला अस्पतालले दिएर घर पठाएको शाहले बताए । घरमा ल्याई पुर्याएर हेर्दा औषधीको प्रयोग मिति समाप्त भइसकेको आफूलाई जानकारी भएको शाहले वताए । डिसेम्वर १५ सम्म प्रयोग मिति भएको औषधी जनावरी २३ मा प्रयोग गर्न भनि बितरण गरिएको शाहले खुलासा गरेका छन् । [caption id="attachment_53165" align="alignnone" width="440"] डाक्टरले दिएको पुर्जा[/caption]
आज (शनिबार)भन्दा पाँच दिन अगाडि जिल्ला अस्पतालमा भएको घटना भएता पनि आफूलाई आजै मात्र जानकारी भएको जिल्ला जनस्वास्थ्य प्रमुख धिरजंग शाहले जानकारी दिए । पाँच दिन अगाडि भएको यस्तो घटना प्रति आफू अन्जान अबस्थामा रहेको शाहले जानकारी दिए । प्राईभेट मेडिकलवाट म्याद गुर्जेको औषधी किनेर ल्याएको हुन सक्ने डा. चाँदनी जैसवालले जिकिर गिरन् । जिल्ला अस्पताल प्रमुखसमेत रहेकी डा. जैसवालले बिरामी जाँच गरिएको पुर्जा सहित म्याद गुर्जेको औषधी हेरर मात्र के भएको रहेछ भन्नेवारेमा आफूले बताउने प्रतिक्रिया दिइन् ।
दीपबहादुर घर्ती/जाजरकोट

Jajarkot म्याद सकिएको औषधि

विशेष