खेल

नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताका इभेन्ट्स खेलहरु सम्पन्न

नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताका इभेन्ट्स खेलहरु सम्पन्न
माघ - १५ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ अन्तर्गत शनिबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकस्थित लनटेनिस कोर्टमा आज सम्पन्न इन्टर गभर्मेन्टल सर्भिस पुरुष युगलतर्फको इभेन्ट्समा अर्जुनकुमार कार्की र प्रेमकुमार शाहीको जोडीले त्रिभुवन बिष्ट र गुञ्जन प्रताप मल्लको जोडीलाई ७–५, ७–५ ले पराजित गरेको छ । प्रतियोगिताको ५५ बर्ष माथि भेट्रान्स एकलतर्फको इभेन्ट्समा मनोज राणले जेरोउमे ईडोउलाई ६–२, ६–० ले, कर्मा घलेले कुमार टाँसी लामालाई ६–०, ७–६ ले, उत्तमकुमार लामाले ज्ञानेन्द्र ताम्रकारलाई ६–४, ६–४ ले र छेम्बा ढोन्डुपले अमृतराज कंसकारलाई ६–४, ६–३ ले पराजित गरेका छन् । यसैगरी ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा सम्पन्न पुरुष एकलतर्फको इभेन्ट्समा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–४, ६–१ ले, कमल भण्डारीले सक्षम कार्कीलाई ६–३, ६–० ले, कुमार अधिकारीले नविन मगरलाई ६–१, ६–३ ले तथा संरक्षक बज्राचार्यले प्रनव खनाललाई ६–२, ६–२ ले पराजित गरेका छन् । यसैगरी महिला एकलतर्फको इभेन्ट्समा मायांका राणाले बिजिशा श्रेष्ठलाई ७–६, ६–२ ले, आईरा रावतले भगवती वि.क.लाई ६–४, ६–४ ले र महिका राणाले एनि माथेमालाई ६–१, ६–१ ले पराजित गरेकी छन् भने गंगा शर्माले वाक ओभर पाएकी छन् । यसैगरी ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको इभेन्ट्समा महेश श्रेष्ठले निरोज थापालाई ६–२, ७–५ ले, स्टेफन बर्बेउले कृष्णगोविन्द कासुलालाई ६–२, ६–१ ले, राजु श्रेष्ठले आत्माराम कार्कीलाई ६–१, ७–६ र ८–६ ले र निरेश श्रेष्ठले सुकमान तामाङलाई ६–२, ७–६ ले पराजित गरेका छन् । यसैगरी ४५ बर्षमाथि भेट्रान्स एकलतर्फको इभेन्ट्समा कृष्णराज घलेले स्टेफन बर्बेउलाई ६–०, ३–६ र १०–८ ले, बिमल गुरुङले दिगेन्द्र श्रेष्ठलाई ६–०, ७–६ र ७–२ ले, आशिष सिग्देलले उमेश शाहीलाई ६–१, ६–१ ले, सुर्दर्शन बिष्टले राजु राईलाई ६–४, ६–२ ले, सुनिल गिरीले शिव सेढाईलाई ६–४, ६–३ ले र मनोज बिक्रम शाहले देबेन्द्र गिरीलाई ६–२, ६–० ले पराजित गरेका छन् भने जीवन घिमिरे र प्रताम मोक्तानले वाक ओभर पाएका छन् । यसैगरी ६५ बर्षमाथि भेट्रान्स एकलतर्फको इभेन्ट्समा दिपक श्रेष्ठले डा.आई राईलाई ४–१, ४–० ले र भिक्टोर शम्शेर ज.ब.रा.ले भरत रायमाझीलाई ९–७, ४–१ ले पराजित गरेका छन् । यसैगरी पुरुष युगलतर्फको इभेन्ट्समा कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले आर्यन गिरी र सुनिल गिरीको जोडीलाई ६–०, ६–२ ले, प्रनव खनाल र रन्जेन लामाको जोडीले आभाष मल्ल र सक्षम कार्कीको जोडीलाई ६–४, ६–० ले तथा सन्तोष खत्री र संरक्षक भुषण बज्राचार्यको जोडीले नविन मगर र प्रदिप खड्काको जोडीलाई ६–१, ६–३ ले पराजित गरेको छ । यसैगरी महिला युगलतर्फको इभेन्ट्समा मायांका राणा र महिका राणाको जोडीले वाक ओभर पाएको छ । यही माघ १३ गतेबाट संचालित उक्त प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्थित लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा सञ्चालन भईरहेको छ ।

लनटेनिस

विशेष