खेल

दिदीलाई हराउँदै सेरेनाले जितिन् अष्ट्रेलियन ओपन उपाधि

दिदीलाई हराउँदै सेरेनाले जितिन् अष्ट्रेलियन ओपन उपाधि

माघ १५ । सेरेना विलियम्सले आफ्नी दिदी भेनस विलियम्सलाई पराजति गर्दै अष्ट्रेलियन ओपन टेनिसको महिला एकलको उपाधि जितेकी छिन् । सातौं अष्ट्रेलियन ओपन जित्नेक्रममा अमेरिकन खेलाडी सेरेनाले आफ्नै दिदी भेनस विलियम्सलाई शनिबार ६–४ र ६–४ ले पराजित गरेकी हुन् । सेरेनाले स्टेफी ग्राफको २२औ ग्रान्ड स्लामको रेकर्डलाई आफूले पहिलो ग्राण्ड स्लाम जितेको १८ बर्षपछि २३औ ग्रान्ड स्लाम जितेकी छन् । जर्मन खेलाडी एन्जेलिक केर्बर यसअघि नै पराजित भएपछि उनको शीर्ष स्थान खोसिएको हो । सेरेनाले अब विश्वकै सबैभन्दा बढी ग्रान्डस्लाम जित्ने खेलाडीको कीर्तिमान रच्न केवल एक ग्रान्डस्लाम जित्नुपर्नेछ । पूर्वअष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको नाममा २४ ग्रान्डस्लामको कीर्तिमान छ ।

Serena Williams

विशेष