प्रवास

कतारमा एकजना नेपालीको मृत्यु

कतारमा एकजना नेपालीको मृत्यु
माघ - १५ । रोजगारीको सिलसिलामा कतार गएका एकजना रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी-६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ । दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए ।

Death in Qatar

विशेष