खेल

झापा गोल्कपको क्वाटरफाइनलमा झापा एघार

झापा गोल्कपको क्वाटरफाइनलमा झापा एघार
माघ १६ । आयोजक झापा एघार दोस्रो रमपम झापा गोल्डकप प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । उद्घाटन खेलमा झापाले सेर फुटवल क्लब कोलेबुङ भारतलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।  खेलको पाँचौ मिनटमा झापा ११ का सञ्जोग राईले गोलको खाता खोले । बुद्ध चेम्जोगं र पुजन उपरकोटीले क्रमश ३७ र ३९ मिनटमा गोल गरे । दोस्रो हाफमा कर्ण लिम्बु र पिटर सेगुनले ४० र ४३ औ मिनटमा गोल गरी झापाको विजय निश्चित गरेका हुन् । खेलको म्यान अफ द म्याचको उपाधि झापा ११ का सञ्जोग राईले नगद ७ हजार प्राप्त गरेका छन् । विजेताले नगद ७ लाख रुपैया र ट्र्फी उपविजेताले नगद ३ लाख ५० हजार प्राप्त गर्नेछन् । २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतको १० टिम सहभागी छन् ।

Rampum Jhapa Goldcup

विशेष