मनोरञ्जन

यी हुन विश्वकै सवैभन्दा सुन्दर महिला (फोटोसहित)

यी हुन विश्वकै सवैभन्दा सुन्दर महिला (फोटोसहित)

विभिन्न ग्लामर पत्रिकाहरुले दुनियाका सबैभन्दा सुन्दर, सेक्सी तथा हट महिला भनेर विभिन्न अभिनेत्री तथा मोडेलहरुको नाम सार्वजनिक गर्ने गरेको त सुनिएकै हो । तर अहिलेसम्म अभिनेत्री तथा मोडेलहरुमा सबैभन्दा सुन्दर तथा परफेक्ट फिगर भएकी चाहीँ को होला ? भनेर कुनै वैज्ञानिक अध्ययन भएको थिएन । हालै अमेरिकी वैज्ञानिकहरुले यो रिक्ततालाई पूरा गर्दै अभिनेत्रीहरुको सुन्दरता मापनमा नयाँ आयाम थपिदिएका छन् ।

वैज्ञानिकहरुले विभिन्न मापदण्डका आधारमा दुनियाकी सबैभन्दा सुन्दर तथा पर्फेक्ट महिला पत्ता लगाएका छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैइन् मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए । जसबाट केली ब्रुक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् ।

केलीको शरिर एक पूर्ण फिगरका सबै मापदण्डमा खरो उत्रिएको वैज्ञानिकहरुको भनाई छ । बेलायती अभिनेत्री केली एक मोडेल, डिजाइनर तथा टेलिभिजन प्रस्तोता पनि हुन् । हालै हलिउडका केही अभिनेत्रीहरुको निर्वस्त्र तस्वीर सार्वजनिक भएको खबर आएको थियो र त्यसमा केलीको पनि नाम थियो । जसका कारण उनी तनावमा थिइन् ।

यद्यपि केलीको वजन अलिक बढि भएको उनका प्रसंसकहरुको गुनासो रहने गरेको छ । तर वैज्ञानिकहरुले भने ३२ वर्षकी यी अभिनेत्रीलाई दुनियाकै परफेक्ट फिगरवाला महिला घोषित गरेका छन् ।

World Best Figure Woman

विशेष