पर्यटन समाज

रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङमा पहिलो पटक गाडी पुग्यो

रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङमा पहिलो पटक गाडी पुग्यो

माघ १६ । रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङमा पहिलो पटक गाडी पुगेको छ ।

स्थानीयवासीको ३२ लाखसहित ५१ लाखको लागतमा बनेको रोङ्गा(खाम्जिङ कृषि सडकमा गाडी गुड्न थालेपछि स्थानीय हर्षित बनेका छन् । स्थानीयवासीको ३२ लाख, संसद विकास कोषको १५ लाख र गाविस तथा जिविसको ४ लाख गरी ५१ लाखको लागतमा ६ किलोमिटर सडक बनाइएको हो ।

सडकमा गाडी चल्न थालेपछि पर्यटकीय क्षेत्र लाङटाङ जाने पदयात्रीलाई पनि राहत मिल्ने जिल्ला विकास समिति रसुवाले जनाएको छ । यसअघि सडक र गाडी अभावमा खाम्जिङवासीलाई आवतजावत गर्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री आयात गर्न समस्या परेको थियो ।

गाडी आएसँगै भूकम्पले भत्किएका घर पुनर्निर्माणका लागि निर्माण सामग्री ओसारपसार गर्न, गाउँमा उत्पादित अर्गानिक कृषिजन्य उपज वजारसम्म पुर्‍याउन सहज हुने भएपछि स्थानीय हर्षित बनेका छन् ।

Rasuwa Bas

विशेष