मनोरञ्जन

‘रइस’ले चार दिनमा कमायो ७५ करोड, खुशीयालीको पार्टीमा मदिरा नहुने

‘रइस’ले चार दिनमा कमायो ७५ करोड, खुशीयालीको पार्टीमा मदिरा नहुने
माघ १६ । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘रइस’ले चार दिनमा ७५ करोड कमाइ गरेको छ । यही खुशीयालीमा फिल्मका टिमले पार्टी आयोजना समेत गरेका छन् । तर उक्त पार्टीमा मदिरा प्रयोग नहुने भारतीय मिडियाले जनाएका छन् । फिल्म रइसले यतिबेला चौतर्फी प्रशंशा बटुलिरहेको छ । शाहरुखका फ्यानमात्र नभएर यतिबेला उनका आलोचकहरुले पनि फिल्मबारे राम्रै प्रतिक्रिया दिइरहेका छन् । चार दिनमा ७५ करोड कमाएको अवसरमा राखिएको पार्टीको मेनुमा मदिरा नहुने बताइएको छ । आश्चार्यलाग्दो कुरा त के भने रइस आफैँ मदिरा व्यवसायबारेमा बनेको फिल्म हो । शाहरुख खान फिल्मका टिमसँग सफलताको पार्टिमा देखिने छन् । यता शाहरुखको रइससँगै रिलिज भएको ऋतिक रोशनको फिल्म ‘काबिल’ले पनि बक्स अफिसमा राम्रै कमाई गरिरहेको छ । काबिलले पनि रिलिज भएको चौथो दिनसम्म ५२ करोडको कमाई गरेको छ । — एजेन्सी

रइस शाहरुख खान

विशेष