खेल

अस्ट्रेलियन ओपन टेनिसको उपाधि फेडेररलाई

अस्ट्रेलियन ओपन टेनिसको उपाधि फेडेररलाई
माघ–१६ । स्वीस टेनिस खेलाडी रोजर फेडेररले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा स्पेनिस खेलाडी रफाइल नदाललाई पराजित गर्दै फेडेररले उपाधि जितेका हुन् । फेडेररले नदाललाई ६–४, ३–६, ६–१, ३–६ र ६–३ को सेटमा हराउँदै विजयी भएका हुन् । दुवैजना पहिले विश्वको पहिलो वरियताको खेलाडी थिए । जितसँगै फेडेररले कीर्तिमानी ग्रान्डस्लामको संख्या १८ पुर्याएका छन् । यसका साथै उनले अस्ट्रलियन ओपनको उपाधि संख्या पनि ५ पुर्याएका छन् ।

अस्ट्रेलियन ओपन टेनिस रोजर फेडेरर

विशेष