खेल

सुआरेजले ९० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगायो

सुआरेजले ९० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगायो
माघ–१६ । स्पेनिस ला लिगाअन्तर्गत आईतबार भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना रियल बेटिससँग १–१ को बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७५ औँ मिनेटमा एलेक्स अलेग्रियाले गोल गर्दै बेटिसलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ९० औँ मिनेटमा लिओनल मेस्सीको पास सदुपयोग गर्दै लुइस सुआरेजले हार्न लागेको खेललाई बराबरीमा टुङग्याए । खेल बराबरीमा रोकिएसँगै बार्सिलोनाले २० खेलबाट ४२ अंक बनाउँदै दोस्रो स्थानमा रहेको छ । बार्सिलोना भन्दा २ खेल कम खेलेको रियल मड्रिड भने ४३ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।

बार्सिलोना रियल बेटिस स्पेनिस ला लिगा

विशेष