खेल

भारतले इङल्याण्डलाई ५ रनले हरायो

भारतले इङल्याण्डलाई ५ रनले हरायो

माघ १७ । भारत र इङल्याण्डबीचको टी–२० क्रिकेटमा भारत विजयी भएको छ ।

नागपुरमा भएको दोस्रो खेलमा रोमाञ्चक जित नजिक पुगेर पनि इङल्याण्ड ५ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको भारतले राहुल लोकेशले ४७ बलमा २ छक्काको मद्धतले बनाएको ७१ रनबाट ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।

जवाफि व्याटिङमा इङ्ल्याण्ले ५ विकेट गुमाएर मात्र १ सय ३९ रन मात्र बनाउन सक्यो मध्येक्रमको ब्याटिङ राम्ररी चले पनि अन्तिम ओभरमा दुई विकेट गुमाएपछि जित नजिक पुगेर पनि हारको इङल्याण्डले खेल आफ्नो पक्षबाट गुमायो ।

भारत इङ्ल्याण्डबीचको अन्तिम टी–२० बुधबार बैंगलोरमा हुनेछ ।

India England

विशेष