समाज

एमाले नेतृ निरु पाललाई पतिशोक

एमाले नेतृ निरु पाललाई पतिशोक

माघ १७ । नेकपा (एमाले)की बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पतिशोक परेको छ ।

भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको सोमबार बिहान ४५ वर्षको उमेरमा निधन भएको हो । आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा लगिएको थियो ।

उनलाई थप उपचारका लागि सोमबार बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै अस्पतालमानै निधन भएको हो । पालको श्रीमती र दुई छोरा छन् ।

Niru Pal

विशेष